दफा २३
सञ्चयकर्ताको दायित्व
खाद्य पदार्थको सञ्चयकर्ताले प्रचलित कानून बमोजिम पूरा गर्नु पर्ने दायित्वको अतिरिक्त देहायको दायित्व पूरा गर्नु पर्नेछ:-

(क) खाब्च पदार्थको गुणस्तरमा हास नआउने गरी सञ्चय गर्ने,

(ख) खाच्य पदार्थ/सञ्चय- गर्ने स्थान तथा भण्डार स्वच्छ, सफा र सुरक्षित राख्ने,

(ग) खाद्य पदार्थको प्रकृति अनुसार तोकिए बमोजिमको आर्ढ्वता र तापक्रमको व्यवस्था मिलाइ सञ्चय गर्ने,

(घ) खाद्य पदार्थको स्वच्छता र गुणस्तरमा हास आउने प्रकृतिको कुनै कार्य नगर्ने,

(ङ) खान्य पदार्थको लेबलको विवरणमा कुनै किसिमको फेरबदल नगर्ने, र

(च) पहिचान पद्धति (ट्रेसियाबिलिटि) कायम गर्ने।